परिचय

जिल्लाको वन जंगल क्षेत्रको संरक्षणसम्बर्द्धन तथा विकासको लागि सरकारबाट वि.सं. २०१२ सालमा दाङ्ग वन डिभिजनको नामले कार्यालय  स्थापना भएको हो । अत्यधिक वन सम्पदाको विकासको जिम्मेवारी बोकेको जिल्ला वन कार्यालय जिल्लामा  स्थापना भएका सरकारी निकायहरु मध्येको एक पुरानो सरकारी निकाय हो । वन व्यवस्थापनको दृष्टिकोणले यस जिल्लामा दाङ्ग र देउखुरी गरी २ वटा डिभिजन वन कार्यालय स्थापना  भएको छन्।जिल्लाको दक्षिणी भागमा रहेको  देउखुरी उपत्यकामा रहेको लमही न.पा. तथा राप्तीगढवा र राजपुर गा.पा. गरी चार वटा स्थानीय तहमा रहेको वन क्षेत्रको व्यबस्थापन गर्न डिभिजन वन कार्यालय देउखुरीदाङ्ग स्थापना गरिएको छ। मिति २०७५/०७/०७ मा डिभिजन वन कार्यालय देउखुरीदाङ्ग लमहीमा स्थापना भएको र यस अन्तरगत आठ वटा सव डिभिजन वन कार्यालयहरु समेत स्थापित भएका छन ।