कार्य विवरण
डिभिजन वन कार्यालयको कार्य विवरण :
वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्बन्धी संघीय /प्रादेशिक कानूनको कार्यान्वयनबार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनवन तथा वन्यजन्तुको संरक्षण, विकास र व्यवस्थापनवनको वैज्ञानिक व्यवस्थापन, वन पैदावार उत्पादन, उपभोगवन अतिक्रमण तथा डढेलो नियन्त्रणसाझेदारी/चक्ला/सरकारद्वारा व्यवस्थित वनहरुको व्यवस्थापन
वन उपभोक्ता समूहरुको परिचालन
कार्यालय अन्तरगतका शाखाहरुको कार्य विवरण
प्रदेश वन निर्देशकको निर्देशन सुपरिवेक्षणमा रही डिभिजन वन कार्यालयको प्रमुखको हैसियतले डिभिजन वन कार्यालयको व्यवस्थापन संरक्षण, सम्वर्धन, सदुपयोग सम्वन्धी सम्पूर्ण कार्य सम्पादन, जवाफदेहितावहन साथै कार्यालय प्रशासन, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी वहन गर्ने,जिल्लाको वन व्यवस्थापनको लागि वन व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि पेश गर्ने,वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्वन्धी संघीय तथा प्रादेशिक कानूनको कार्यान्वयन गर्ने,डिभिजन वन कार्यालयको बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन, स्वीकृत वार्षिक कार्यक्रमहरु समयमा नै गर्ने गराउने र सोको प्रगति चौमासिक रुपमा तोकिएका निकायहरुमा पठाउने,