लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय दाङ (देउखुरी)

लमही, दाङ

डिभिजन वन कार्यालय दाङ (देउखुरी) अन्तर्गत राप्ति, गढवा, राजपुर गाँउपालिकाहरु र लमहि नगरपालिका समावेश गरी कार्य जिम्मेवारी तोकिएको छ । यस डिभिजनको कार्यक्षेत्रको कुल क्षेत्रफल १,४१,८४६ हेक्टर रहेको छ भने वन जंगलले ओगटेको क्षेत्रफल १,०९,६७२ हेक्टर रहेको छ । यसरी हेर्दा डिभिजनको कार्य क्षेत्रको वन क्षेत्र करीव ७७.३ प्रतिशत रहेको छ।कुल क्षेत्रफलको मध्ये करीव १.२२ हेक्टर निजि वन रहेको छ,  ५९९९०.४९४ हेक्टर सामुदायिक वन र ३८.५ हेक्टर धार्मिक वनको रुपमा हस्तान्तरण भईसकेको छ भने बाँकी क्षेत्रफल सरकारद्वारा व्यवस्थित वनको रुपमा वनको संरक्षण सम्बर्द्धन हुँदै आईरहेको छ।